अष्ट्रेलियाको संसदबाट भारतसँग महत्वपूर्ण सम्झाैता गर्ने विषय पारित


मंसिर ६, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) संसदबाट पारित गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एफटीए संसदबाट पारित भएको घोषणा गरेका हुन्। ‘ब्रेकिंगः हाम्रो भारतसँगको स्वतन्त्र व्यापार सम्झौता संसदबाट पारित भएको छ’ अल्बानीजले ट्वीट गरे।

अल्बानीजले अर्को वर्ष मार्चमा भारत भ्रमण गर्ने बताएको केही दिनपछि यो कुरा आएको हो। जी २० शिखर सम्मेलनको १७ औं संस्करणको छेउमा उनले यो घोषणा गरेका हुन्।

‘मैले भारतका प्रधानमन्त्री मोदीसँग पनि भेटेँ, जहाँ हामीले अष्ट्रेलिया र भारतबीचको घनिष्ठ आर्थिक सहयोग सम्झौतालाई अन्तिम रूप दिनेबारे छलफल गरेका थियौं। म मार्चमा भारत भ्रमण गर्नेछु’, अल्बानीजले भने।

गत साता अष्ट्रेलियाका व्यापार मन्त्री डन फारेलले भारतसँगको व्यापार सम्झौताले अष्ट्रेलियाली सेवा कम्पनीहरू र पेसेवरहरूलाई भारतीय बजारमा पहुँच गर्ने ठूलो अवसर प्रदान गर्ने बताएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?