चितवन २ मा रविलाई १७ सयभन्दा बढी मतको अग्रता


मंसिर ६, चितवन। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सयभन्दा बढी मतले अग्रता लिएका छन्।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन्। यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन्।

पोखरेलको ४ हजार ६३७ मत रहेको छ। यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?