उदयपुरको निर्वाचन क्षेत्र २ मा एमालेका रायमाझी विजयी


मंसिर ६, उदयपुर। उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्। एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी भएका हुन्। उनले निकटतम् प्रतिद्वन्द्वीभन्दा २३५८ मत बढी मत ल्याएर विजयी भएको हो।

उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले १२८९३ मतका पाएका छन्।

त्यसैगरी स्वतन्त उम्मेदवार नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले १०३७९ मत प्राप्त गरेका छन्। त्यसैगरी मंगोलियन अर्गनाइजेशनले १४३० मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९१० मत पाएका छन्। निर्वाचन क्षेत्र २ मा कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिका पर्छ।

यस निर्वाचन क्षेत्रमा १ लाख १६ हजार ९६ मतदाता मध्ये ४४ हजार ८ सय ७५ मत खसेको थियो। रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारी घोषण हुन भने बाँकी रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?