रसुवामा कांग्रेसका आचार्य निर्वाचित


मंसिर ६, रसुवा। रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन्।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?