सर्लाही-२ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो
मंसिर ६, काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन्।
यादव २३४२ मतसहित अघि छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले यादवलाई पछ्याइरहेका छन्। महतो १७१५ मतसहित दोस्रो स्थानमा छन्।