कैलाली-४ मा लेखराज भट्ट एक हजार बढी मतले पछि परे


मंसिर ७, काठमाडौँ । कैलाली क्षेत्र नं ४ को मतगणना अन्र्तगत सुरुमा नेकपा (एमाले)का उम्मेदवार लेखराज भट्ट अगाडि रहेकोमा पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर एक हजार एक सय २७ मत अगाडि पुगेका छन्।

नेपाली कांग्रेसका बलायरको १४ हजार पाँच सय ८१ र भट्टले १३ हजार चार सय ५४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?