मेक्सिकोमा ६ दशमलब २ म्याग्नियुडको भूकम्प
मंसिर ७, एजेन्सी। मेक्सिकोको बाजा क्यालिफोर्नियाको तटीय क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ।
बाजा क्यालिफोर्नियाको लास ब्रिसासबाट ३० किलोमिटर (१८.६ माइल) पश्चिम–दक्षिणपश्चिममा १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।