गुल्मी–२ मा गोकर्ण विजयी


मंसिर ७, कामठाडौँ । गुल्मी २ को प्रतिनिधिसभा सदस्यमा एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित भएका छन्। उनले २८ हजार ४७६ मतसहित जित निकालेका हुन्।

विष्टले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई २०३४ मतको अग्रतासहित पराजित गरेका हुन् । झाँक्रीले २६४४२ मत पाएकी छन्। यो क्षेत्रमा यसअघि पनि विष्ट नै निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?