धादिङ २ मा कांग्रेसका अधिकारी तीन हजार बढी मतले अगाडि
मंसिर ७, धादिङ। नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन्। सुरुवातदेखि नै अग्रता लिएका उनी निकटतम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन्।
अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन्। अधिकारीलाई माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।