बारा-४ बाट समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी


मंसिर ७, काठमाडौँ । प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्। श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?