सल्यानबाट प्रकाश ज्वाला विजयी
मंसिर ८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन्। ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ।
एमालेका उमेदवार राजेन्द्रवीर रायले १३ हजार २९ मत पाएका छन्।