भक्तपुर १ मा प्रेम सुवाल भारी मतान्तरले विजयी
मंसिर ८, काठमाडौँ । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्। ३० हजार मतान्तरले प्रेम सुवाल विजयी भएका हुन्।
सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले १२ हजार मत प्राप्त गरे।