एमालेका पदम गिरी पर्वतबाट निर्वाचित
मंसिर ८, पर्वत। नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन्। गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन्।