फिफा विश्वकपः उरुग्वे, ब्राजिल र पोर्चुगलको खेल आज


मंसिर ८, काठमाडाैँ। कतार फिफा विश्वकपअन्तर्गत बिहीबार समूह ‘जी’ र ‘एच’ का चार खेलहरु आयोजना हुँदैछन्। पहिलो खेलमा अपराह्न पौने चार बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ।

राति पौने ७ सात बजे दक्षिण अमेरिकी टोली उरुग्वे र एसियाली मुलुक दक्षिण कोरिया आमुनेसामुने हुनेछन्। यसैगरी राति पौने दश बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दा राति पौने एक बजे ब्राजिललाई सर्वियाले चुनौती पेश गर्नेछ।

समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?