चितवन क्षेत्र नं १ बाट स्वतन्त्र पार्टीका ढकाल निर्वाचित


मंसिर ८, चितवन। चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो। जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका थिए। यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका थिए। यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?