बारा १ मतगणना केन्द्रमा सशस्त्रका नायव प्रहरी उपरीक्षक परिवर्तन
मंसिर ८, बारा। बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडीदेखि खटिएका सशस्त्रका नायब प्रहरी उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन्।
खड्कालाई परिवर्तन गरी यस क्षेत्रमा हाल सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीलाई ल्याइएको हो।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताइएको छ। मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो। त्यसपछि करिव ९ घण्टा मतगणना समेत रोकिएको थियो।