सर्लाही–३ मा गठबन्धनलाई हराउँदै एमालेका हरिप्रसाद उप्रेती विजयी
मंसिर ९, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उप्रेतीले ३२ हजार ९३८ मत ल्याई विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका हुन्। पराजित नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका छन्।