मन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित
मंसिर ९, काठमाडौँ । खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए। रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए।