पाल्पा-२ मा सोमप्रसाद पाण्डेलाई पराजित गर्दै ठाकुर गैरे विजयी
मंसिर ९, काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार ठाकुर गैरे विजयी भएका छन्। उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
गैरेले नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे। ०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उमेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो।