महोत्तरी-३ बाट लोसपाका अध्यक्ष ठाकुर निर्वाचित
मंसिर ९, काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पार्दै ठाकुर विजयी भएका हुन्।
ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गरे भने यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका छन्। ठाकुरलाई सत्ता गठबन्धनको साथ थियो। अघिल्लो निर्वाचनमा उनी कांग्रेसको सहयोगले भारी मतान्तरसहित महोत्तरी– ३ बाटै निर्वाचित भएका थिए।