एमालेका विजय सुब्बालाई हराउँदै तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी


मंसिर १०, काठमाडौँ । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी एमालेका विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन्। उनीहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए। मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?