निर्वाचन परिणाम : मतदाताको रोजाइ युवा उम्मेदवार
मंसिर १०, सिन्धुपाल्चोक । यसपटकको निर्वाचनले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ। सिन्धुपाल्चोकका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांस युवा र महिलालाई आफ्नो प्रतिनिधि रोजका छन्।
जनताको राजनीतिप्रतिको वितृष्णालाई बुझेर युवालाई अघि सारेका दलले चुनाव जिते भने अघिल्लो पटक पनि जित हासिल गरेर फेरि मैदानमा आएकाहरू पराजित हुनुपर्यो। यो निर्वाचनमा युवा र विकासप्रेमी व्यतिक्त जनताको रोजाइमा परेको देखियो। निर्वाचनमा पार्टीहरूले राम्रा उम्मेदवार नदिए जनताले विकल्प खोज्छन् भन्ने सन्देश दिएर होला दलहरूले विकासप्रति सचेत उम्मेदवार नै चुन्न थालेका छन्।
२९ वर्षका कृष्णकुमार तामाङ ९समिर० सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ ‘ख’प्रदेशसभा सदस्यमा निर्वाचित भए । सोहि क्षेत्रको प्रदेश ‘क’ मा ३९ वर्षका युवराज दुलाल (सरद) यो पटक मतदाताको रोजाइमा परेका छन् । यस्तै, ४० वर्षका माधव सापकोटा (सुबोध) जिल्लाको प्रतिनिधिसभा १ मा जनताको रोजाइमा परे । सो क्षेत्रको प्रदेश ‘ख’मा उनकै जनयुद्धका सहकर्मी ४१ वर्षका सरल सहयात्री९पौडेल० र प्रदेश ‘क’ बाट कांग्रेसकी महिला नेतृ मसिना खड्का (भण्डारी)विजयी भए। मतदाताको रोजाइमा परेका युवा उम्ममेदवार चुनाव जितेपछि खुशी मात्रै छैनन्, जिम्मेवारी र चुनौती थपिएको बताउँछन्।
सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ मा मोहनबहादुर बस्नेतले यसअघि पटक पटक यहि क्षेत्रबाट चुनाव जित्दै आएका एमालेका शेरबहादुर तामाङलाई ११ हजार आठ सय ७४ मतले पछि पारे। पटकपटक चुनाव जितेर सभामुख समेत बनिसकेका अग्नीप्रसाद सापकोटाले आफ्नो पक्षमा माहोल सकारात्मक नदेखेपछि मैदान युवाका लागि खुल्ला गरेका थिए।
यता एमालेभित्र नयाँ अनुहारलाई मैदान खाली गर्न निरन्तर दबाब परे पनि केन्द्रको पहुँचमा टिकट ल्याएका शेरबहादुर तामाङले सोचेजस्तो मत पाउन सकेनन्। मन्त्री हुँदा विकास निर्माणमा कम्जोर देखिएकाले विगतको भूमिकालाई समीक्षा भन्दा पनि गठबन्धनकै मतलाई तामाङको कारण बनाइरहेको देखिन्छ।
मतदाताले नयाँ अनुहार खोज्दा पटक पटक निर्वाचित नेता पराजित हुन पुगे। पुराना सांसदले अप्ठ्यारो निरास बनाएको सिन्धुपाल्चोकका नागरिक बताउँछन्। अहिलेको मत परिणामले प्रभावकारी कार्यसम्पादन गर्न नसकेका जनप्रतिनिधिलाई जनताले स्वीकार्दैनन् भन्ने देखाएको विश्लेषकहरू बताउँछन्।
समृद्धिको कुरा गरिरहे पनि अबको युवा नेतृत्वबाट त्यसको परिणाम आउने विश्वास रहेको जिल्लाका युवा मतदाता सागर परियारले बताए। युवा नेतृत्वबाट मतदाताले पनि सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन्।
यसपालिको चुनावमा सिन्धुपाल्चोकमा ५६ प्रतिशत मात्रै मत खस्यो। तर, निर्वाचित जनप्रतिधिनिबाट यसअघिका सांसदले भन्दा प्रभावकारी काम हुने अपेक्षा मतदातामा छ । जनताले एजेन्डा र समस्या उठाउने पूरा गर्ने खालका उम्मेदवार रुचाएका छन्।
राज्यको सेवा सुविधालाई आफूसम्म पुर्याउन सक्ने, रोजगारी सृजना गर्ने र अत्यावश्यक विकासका पूर्वाधारलाई नेतृत्व गरेर ल्याउन सक्ने उम्मेदवार भन्दै सिन्धुपाल्चोकमा मतदाताको रोजाइमा परेका छन्।