नेम्वाङले १३० मतले अग्रता लिएको इलाम-२ को मतगणना रोकियो


मंसिर १०, काठमाडौँ । निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ। मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो।

अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ। मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कातर्फका प्रतिनिधिले गणना स्थगित गराएका छन्।

पछिल्लो गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले १३० मतले अग्रता लिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?