उदयपुरमा ९ दलले गरे पुन: मतदानको माग
मंसिर ११, उदयपुर। उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार विहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन: मतदान गर्न माग गरेको छ।
नेकपा एमालेलगायतका दलले पुन मतदानको माग राखेको हो। प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेपछि धाँधली भएको भन्दै एमाले लगायत ९ दलले पुन: मतदानको माग गरेको हो। असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतदान गर्ने अधिकार हनन् भएको भन्दै पुन मतदानको माग राखेको जनाएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मत भन्दा बढी मत भेटिएको भन्दै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एक मुष्ठ १ सय मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँद्यली भएको आरोप लगाएका छन। एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका ईश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँद्यली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १(२) को सबै प्रक्रिया रद्ध गरी पुन मतदानको प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेका छन्। यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही स्थगित मत गणना जारी राख्नु पर्नेमा जोड दिएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि बिवाद हुँदा मत गणना स्थगित भएको थियो। साता दिनदेखि जारी मतगगणना प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद भएको हो। आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभाको भेटिएको थियो। गणना स्थगित पछि पटक पटक सर्बदलीय बैठक मार्फत समाधान खोज्ने प्रयास भएता पनि निश्कर्ष निस्किएको छैनन।