क्यानबेरामा काम गर्न ठाउँमा नै महिला बलात्कृत, एक जना पक्राउ


मंसिर १२, मेलबर्न अष्ट्रेलिया । क्यानबेराको एक सपिङ सेन्टरमा व्यक्तिमाथि बलात्कार आरोप लागेको छ। उनले ती महिलालाई सपिङ सेन्टरमा नै बलात्कार गरेको आरोप लागेको हो।

वेस्टफिल्ड बेल्कोनेनको एक खुद्रा स्टोरका कर्मचारीले सटरहरू बन्द गरेर नोभेम्बर ३ तारिखमा महिलाको फोटो खिच्न थालेको प्रहरीले आरोप लगाएको छ।

त्यसपछि उनले महिलालाई पसलको पछाडिको सानो कार्यालयमा प्रवेश गर्न लगाएर उनीसँग उनको सहमति बिना यौन सम्बन्ध राखेको प्रहरीको आरोप छ।

पुलिसलाई बलात्कारको रिपोर्ट गर्नु अघि महिला अस्पताल गएर फोरेन्सिक मेडिकल जाँच गराएको प्रहरीले बताएको छ। पक्राउ पुर्जी जारी गरेर प्रहरीले आरोपित व्यक्तिलाई आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्यानबेराका फिलिप रहेका छन्। उनलाई एसिटी म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइसकेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?