तामाको तार चोर्ने प्रयास गरेपछि मेलबर्नमा बिस्फोट
मंसिर १३, मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा बिस्फोट भएको छ। एक व्यक्तिले इलेक्ट्रिक बोर्डबाट तामाको तार चोर्ने प्रयास गरेपछि बिस्फोट भएको सिसिटिभी फुटेजबाट देखिएको छ।
यो घटना भने नोभेम्बर १७ तारिखको रहेको छ। सिसिटिभीमा रेकर्ड भएको उक्त दिनको फुटेजमा एक घरको ढोकामा करीब २० सेकेन्डसम्म ठूलो आगो बलेको देखिएको थियो।
प्रहरीले उक्त घटनामा संलग्न भएका व्यक्तिले १ हजार डलर बराबरको तामा चोर्ने प्रयास गर्दा उक्त विस्फोट भएको आरोपमा एक व्यक्तिमाथि अभियोग लगाएको छ।
उक्त व्यक्तिलाई फकनर स्ट्रिटबाट बाहिर निस्किरहेको र बेलुका ५ बजेको विष्फोटको केही समयपछि हिँडेको देख्न सकिन्छ।
उनलाई अन्तिम पटक मूर स्ट्रिटमा सुन्तला रंगको होल्डन क्याप्टिभामा चढेको देखाइएको थियो। उक्त व्यक्ति ३० देखि ५० वर्षको उमेरको देखिने र कोकेशियन भएको अनुमान गरिएको छ।