रुसी सेनाले बलात्कार गर्न उक्साहट गरे : युक्रेनी प्रथम महिला


Photo Credit: Reuters

मंसिर १४, किभ । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले रुसी सेनाले आफ्नो देशमा जारी आक्रमणमा बलात्कार र यौन दुव्र्यवहारलाई ‘हतियार’को रूपमा प्रयोग गरिरहेको बताएकी छन्।

लन्डनमा द्वन्द्वको समयमा यौन हिंसाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रथम महिला जेलेन्स्काले उक्त आरोप लगाएकी हुन्।

४४ वर्षीया जेलेन्स्काले रुसी सैनिकका श्रीमतीले युक्रेनी महिलालाई बलात्कार गर्न उत्प्रेरित गरेको पनि दाबी गरेकी छिन्। रुसले युक्रेनमा हमला गरेदेखि नै आक्रमणकारीहरूले ‘व्यवस्थित र खुला रूपमा’ यौन हिंसा गरेको ओलेनाले बताइन्।

युक्रेनमा खटिएका रुसी कमान्डरहरुले सेनालाई बलात्कार गर्न उत्प्रेरित गरेको विवरण यसअघि सार्वजनिक भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?