अष्ट्रेलियामा कोरोनाको नयाँ लहर : अस्पताल भर्ना हुने संक्रमितको संख्या निरन्तर बढ्दै


मंसिर १६, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या बढेको छ। भिक्टोरियामा मात्रै नभर क्विन्सल्याण्डमा पनि कोरोना संक्रमित बढ्दै गएका छन्।

विज्ञहरूले कोरोनाको चाैथो लहर छोटो र तीव्र हुने अनुमान गरेका छन्। स्वास्थ्य अधिकारीहरूले भने जोखिम कम गर्न बूस्टर डोज लिन योग्य सबैलाई आग्रह गरिरहेका छन्।

न्यु साउथ वेल्समा पछिल्लो हप्ता ३७ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यो भन्दा अघिल्लो हप्ता यो संख्या ३१ हजार ५३१ रहेको थियो।

गत हप्ता २५ जनाको मृत्यु भएकोमा अघिल्लो हप्ता ३२ जनाको मृत्यु भएको छ। गत हप्ता १३२० को तुलनामा यस हप्ता १४८१ बिरामीसहित अस्पताल भर्ना हुनेको संख्या १०० भन्दा बढीले बढेको छ।

त्यस्तै, गहन हेरचाहमा पनि ३८ जनाको उपचार भइरहेको छ।

भिक्टोरियामा पनि यो हप्ता २६ हजार ९७१ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो हप्ता भन्दा त्यहाँ ४ हजार बढी संक्रमित थपिएका छन्। यो हप्ता प्रतिदिन औसत ५५० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्।

क्वीन्सल्याण्डमा अस्पताल भर्ना र संक्रमितको संख्यामा अघिल्लो हप्ताहरूमा भन्दा थोरै वृद्धि भएको छ। यस हप्ता क्विन्सल्याण्डमा ११ हजार २१७ संक्रमित थपिँदा ३२० जना अस्पताल भर्ना भएका छन् भने १५ जनाको मृत्यु भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?