दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै


मंसिर १६, काठमाडौँ । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ।

हालसम्म ११ हजार आठ सय २९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले पाँच हजार ६ सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का बालकृष्ण शिवाकोटीले चार हजार सात सय ८७ मत प्राप्त गरेकोमुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा ९१० मा ११ हजार चार सय नौ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले पाँच हजार ६ सय ९३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले चार हजार पाँच सय १५ मत ल्याएका छन्.। प्रदेशसभा (२) मा ११ हजार पाँच सय २३ मतगणना हुँदा एमालेका भरत केसीले पाँच हजार एक सय ७५ र कांग्रेसका बर्मा लामाले पाँच हजार तीन सय ७३ मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?