स्याङ्जा-२ मा धनराजलाई ६ हजार मतको अग्रता


मंसिर १७, काठमाडौँ । स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ।

गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?