दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
मंसिर १९, काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ।
हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।
प्रदेशसभा २ मा नेकपा ९एमाले० का भरतबहादुर केसी निर्वाचित भइसकेका छन्। जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए।
कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो।