एयरपोर्टमा कोरियन नागरिकको साथबाट १ करोड बढीका मोबाइल बरामद, आइफोन–१४ नै ३६ वटा


मंसिर १९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद गरेको छ। विमानस्थल भन्सार कार्यालयले आइतबार चेकजाँच गर्दा ६१ वटा आइफोन र ४ थान सामसुङ मोबाइल बरामद गरेको हो।

ती मोबाइलहरू नेपाल आएका तीन कोरियाली नागरिकका साथबाट अनधिकृतरूपमा ल्याइएको पाइएपछि बरामद गरिएको कार्यालयले जानकारी दिएको छ।

भन्सार कार्यालयले तीन जना कोरियन नागरिकहरूको लगेज चेकगर्दा आइफोन-१३ र १४ प्रो-म्याक्स ६१ वटा, ८० वटा चार्जर र४ थान सामसुङ मोबाइल फेला परेको हो। ती मोबाइलहरू १ करोड १५ लाख बराबरको भएको भन्सार कार्यालयको अनुमान रहेको छ।

उनीहरूको लगेजमा गल्फ खेलमा प्रयोग हुने सामग्री भेटिएका कारण उनीहरू गल्फ खेल्न नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ।

उनिहरूको कुनै तस्करसँग सेटिङ रहेका कारण अनधिकृत रूपमा मोबालइ ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?