न्यु साउथ वेल्समा मेनिन्गोकोकल रोगबाट एक युवतीको मृत्यु


मंसिर २०, मेलबर्न अष्ट्रेलिया । न्यु साउथ वेल्सको एक संगीत समारोहमा भाग लिएकी एक युवतीको मेनिन्गोकोकल रोगबाट मृत्यु भएको छ। किशोरावस्थाको अन्तिम उमेरमा पुगेकी ती महिला यस वर्ष न्यु साउथ वेल्समा यस रोगबाट मृत्यु हुने तेस्रो व्यक्ति हुन्।

ती युवतीले नोभेम्बर २६ मा क्यानबेराको प्रदर्शनी पार्कमा स्पिल्ड मिल्क फेस्टिभलमा भाग लिएकी थिइन्। तर, उनी कसरी यस रोगबाट संक्रमित भइन् भन्ने बारे यकिन भइसकेको छैन।

उक्त फेस्टिभल सकिएको अर्को दिन एसिटी हेल्थले क्यानबेरा अस्पतालमा भाइरस संक्रमित व्यक्ति फेस्टिभलमा भाग लिएको फेला पारेपछि सहभागीहरूका लागि अलर्ट जारी गरेको थियो।

कार्यक्रममा उपस्थित जो कोहीले लक्षणहरू बारे सचेत हुन र देखा पर्दा तुरुन्तै चिकित्सकको सल्लाह लिन अनुरोध गरिएको छ।

२०२२ मा हालसम्म जम्मा २९ जना यो रोगबाट संक्रमित भएका छन्। मेनिन्गोकोकल रोगको अहिले खोप उपलब्ध छ। तर पनि पाँच वर्षमुनिका बालबालिका र १५ देखि २५ वर्षका युवायुवतीलाई यो रोग लाग्ने सबैभन्दा बढी जोखिम हुन्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?