अमेरिकामा भएको विमान दुर्घटनामा अष्ट्रेलियाका आमा-छोरीको मृत्यु


मंसिर २१, काठमाडौँ । अमेरिकामा भएको विमान दुर्घटनामा अष्ट्रेलियाका आमा र छोरीको मृत्यु भएको छ। फ्लोरिडामा एक सानो विमान दुर्घटना हुँदा त्यसमा सवार बुबा भने बेपत्ता भएका छन्।

क्विन्सल्याण्डका जोरी क्रिस्टियन काथ र मिस्टी काथ उनिहरूकी छोरीसँग भेनिसमा प्लेनमा सवार गरिरहेका थिए। उनीहरू सवार विमान गल्फ अफ मेक्सिकोमा दुर्घटना भएको बताइएको छ।

तर, उनीहरूकी १० वर्षीया छोरी भने फ्लाइटमा नरहेको बताएको छ। जसको कारण उनको भने ज्यान जोगिएको छ।

क्रिस्टियन काथ सिकारू पाइलट रहेको र उनले केही समय अघि मात्रै लाइसेन्स लिएको पाइएको छ। उनी अझै बेपत्ता छन् तर उनकी श्रीमती र छोरीको भने शव फेला परेको छ। अहिले कोस्ट गार्ड सहित अमेरिकी अधिकारीहरुले उनको खोजी गरिरहेका छन्।

उक्त परिवार पहिले ब्रिस्बेनमा बस्थे र बच्चाहरू बुलिम्बामा स्कूल जाने गरेका थिए। पछिल्लो समय उनीहरू फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा बसिरहेका थिए।

अमेरिकी अधिकारीहरूले सारासोटा खाडीबाट ग्यास्पेरिला दक्षिणतर्फका डुङ्गा चालकहरूलाई यस क्षेत्रमा शरीर वा सानो विमानको भग्नावशेष तैरने सम्भावनाबारे सचेत गराएका छन्।

अहिले यस घटनाबारे अष्ट्रेलियाको परारष्ट्र विभागसँग छलफल गरिएको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?