मेसीले १०००औं खेल खेलेको जर्सी पाउने यी भाग्यमानी अष्ट्रेलियन खेलाडी


मंसिर २१, मेलबर्न अष्ट्रेलिया । कतारमा जारी विश्वकपमा एक मिनेट पनि नखेलेका अष्ट्रेलियाका खेलाडीले अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको जर्सी पाएका छन्। विश्वकपमा खेल्ने माैका नपाएका क्यामरन डेभ्लिनले मेसीको जर्सी पाएका हुन्।

अन्तिम १६ को दोश्रो खेलमा अष्ट्रेलिया र अर्जेन्टिना भिडेका थिए। उक्त खेलमा अर्जेन्टिना २–१ गोल अन्तरले विजयी भयो। उक्त जीतमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले १ १ गोल गर्दा अष्ट्रेलियाले गोल उपहार पाएको थियो।

ट्विटरमा सेयर गरिएको भिडियोमा मेसी प्लेयर अफ दि म्याच अवार्ड लिएर ड्रेसिङ रूममा गइरहेका देखिन्छन्। तर, मेसीलाई पर्खिरहेका डेभ्लिन र मेसीले सोही समयमा जर्सी साटासाट गर्छन्।

डेभ्लिनले मेसीको जर्सी लुकाएर लगेको प्रष्ट देखिन्छ।

अष्ट्रेलियाविरूद्धको खेल मेसीको व्यवसायिक खेल जीवनको १००० खेल हो। जसमा उनले गोल गर्दै झन अद्भूत बनाए। उनले १००० खेलमा ७८९ गोल गरिसकेका छन्।

त्यस्तै, अष्ट्रेलियाविरूद्ध गरेको गोलसँगै मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने दोश्रो खेलाडी भएका छन्। अहिलेसम्म विश्वकपमा ९ गोल गरेका मेसी म्याराडोनाभन्दा अघि र गाब्रियल बाटिस्टुटाभन्दा पछि रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?