क्विन्सल्याण्डको पार्कमा रूखबाट लडेर एक युवकको मृत्यु


मंसिर २१, मेलबर्न अष्ट्रेलिया । क्विन्सल्याण्डको पार्कमा रूखबाट लडेर एक युवकको मृत्यु भएको छ।

क्विन्सल्याण्ड एम्बुलेन्स सर्भिसका अनुसार अन्दाजी ३० वर्ष उमेर भएका व्यक्तिलाई मंगलबार बिहान रूखबाट लडेपछि गम्भीर अवस्थामा रोयल ब्रिसबेन एण्ड वुमन्स हस्पिटल लगिएको थियो।

हर्स्टनको फागन रोडमा रहेको पार्कमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। ती व्यक्ति कुनै काम बिना नै रमाइलोका लागि रूख चढेको बताइएको छ।

हाँगा भाँचिएपछि उनी रुखबाट खसेको अनुमान गरिएको छ। क्रिटिकल केयर, प्रहरी र प्यारामेडिक्सहरूले उनको घटनास्थलमा सामान्य उपचार गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?