क्वीन्सल्याण्डमा १० करोड वर्ष पुरानो जीवाश्म उत्खनन्, अहिलेसम्म कै पुरानो भएको दाबी


मंसिर २२, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको क्वीन्सल्याण्डमा १० करोड वर्ष पुरानो जीवाश्म उत्खनन गरिएको छ। अष्ट्रेलिया पत्ता लागेको यो नै अहिलेसम्म कै सबैभन्दा पुरानो उत्खनन् भएको बताइएको छ।

जीवाश्ममा इलामोसरको टाउको र शरीर समावेश गरिएको छ। यो महासागरमा पाइने एक प्रकारको प्रजाती हो जुन डायनासोरको पालामा नै संसारमा अस्तित्वमा रहेको बताइएको छ।

पश्चिमी क्वीन्सल्याण्ड स्टेशन मालिक क्यासान्ड्रा र उनका दुई साथीहरू सेली र सिन्थियाले यो जिवाश्म फेला पारेका थिए। जसले सँगै जीवाश्महरूको खोजी गरेका थिए।

जीवाश्म उत्खननको लागि नेतृत्व गरेका क्वीन्सल्याण्ड म्युजियम नेटवर्कका वरिष्ठ वैज्ञानिक र जीवाश्म विज्ञानका क्युरेटर, डा एस्पेन नटसेनले संग्रहालय संग्रहमा राखिएको अष्ट्रेलियाली इलास्मोसरको पहिलो ज्ञात टाउको र शरीर हुने दाबी गरेका छन्।

समुद्रले ढाकेको प्रारम्भिक क्रेटासियस अवधिमा (१४५.५ र ६५.५ मिलियन वर्ष पहिले) क्वीन्सल्याण्डको धेरैजसो भागमा प्लेसियोसर र इचथियोसौर जस्ता समुद्री सरीसृपहरू भएको बताइन्छ।

यो नयाँ जीवाश्म खोजले अष्ट्रेलियाली प्लेसियोसोर वरपरको रहस्य उद्घाटन गर्नेमा वैज्ञानिकहरू विश्वस्त देखिएका छन्। नयाँ कंकालको साथसाथै त्यहाँ धेरै प्लेसियोसोरहरू र इचथियोसोरहरू फेला परेका थिए। तिनलाई तयारी र थप अनुसन्धानको लागि टाउन्सभिलमा पठाइनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?