मिटर रिडरलाई टोकेर मार्ने दुईवटा कुकुर ब्रिसबेनका अधिकारीहरूद्वारा नष्ट
मंसिर २२, काठमाडौँ । ब्रिस्बेनको दक्षिणी भागमा रहेको ग्रीनबैंकको एउटा घरमा मिटर रिडर केन मिनियनलाई मार्ने दुईवटा कुकुरलाई मारिएको छ। एक ब्यान्डोग बुल-मास्टिफ क्रस र रोडेसियन रिजब्याक क्रस कुकुरले मिनियनमा आक्रमण गरेपछि अधिकारीहरूले नियन्त्रणमा लिएका थिए।
४२ वर्षीय एनर्जेक्स ठेकेदारलाई आइसन रोडमा रहेको घरमा विद्युतीय मिटर रिड गर्न खोज्दा कुकुरले टोकेको थियो। उनलाई आकस्मिक सेवाले गम्भीर अवस्थामा फेला पारेपनि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरी घटनास्थलमा पुग्दा उनीहरूले घरमा तीनवटा कुकुर फेला पारेका थिए। तीमध्ये दुईलाई नियन्त्रणमा लिइएको थियो।
लोगान सिटी काउन्सिलले बुधवार राती कुकुरहरूलाई मानवीय रूपमा नै द्रूत तरिकाले मारिएको पुष्टि गरेको छ। एक विज्ञप्तिमा काउन्सिलले सामुदायिक सुरक्षामा चुनाैति ल्याउने कार्य गर्ने कुकुरहरूका लागि “शून्य-सहिष्णुता” रहेको बताएको छ।
यस हप्ताको सुरुमा एक प्रवक्ताले काउन्सिललाई आइसन रोड क्षेत्रमा कुकुरहरूसँगको कुनै पनि अघिल्लो समस्याको बारेमा थाहा नभएको बताएको छ।
दुबै कुकुरहरू काउन्सिलमा दर्ता भएका थिए। उनीहरूमा कुनै खतरापूर्ण अवस्था भएको जानकारी गराइएको थिएन।
काउन्सिलले क्वीन्सल्याण्ड पशु व्यवस्थापन कानूनहरूको समीक्षा गर्न भर्खरै गठन गरिएको कार्यदलसँग काम जारी राख्ने बताएको छ।