नेपालमा बेरोजगारको सङ्ख्या वृद्धि


मंसिर २४, काठमाडौँ । प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ।

गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ हजार २४५ जना युवा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म यो सङ्ख्या बढेर आठ लाख ४१ हजार ५०३ पुगेको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ।।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय संयोजक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा सूचीकृत हुने बेरोजगारको सङ्ख्या बढेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?