सरकारविरोधी प्रदर्शनको अघिल्लो दिन विपक्षी दलका नेता पक्राउ


मंसिर २४, एजेन्सी। इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको छ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री तथा पार्टीको शीर्ष निर्णय गर्ने निकायका सदस्य मिर्जा अब्बासलाई उनीहरुो घरबाटै पक्राउ गरेको बीएनपीको मिडिया शाखाका प्रमुख जहिरुद्दीन स्वपनले एएफपीलाई जानकारी दिए।

‘उनीहरू सादा पोशाकका प्रहरी थिए। आलमगीरलाई उनीहरूको पहिचान थाहा थियो’ स्वपनले भने, ‘दुईलाई कहाँ लगियो भन्ने पार्टीलाई थाहा छैन।’

ढाका महानगरीय प्रहरी प्रवक्ता फारुक अहमदले ती जोडीलाई बुधबारको झडपमा हिंसा भड्काएको र सरकारी काममा अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनालाई कामचलाउ सरकारअन्तर्गत नयाँ निर्वाचनको पक्षमा राजीनामा दिन माग गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?