कतार विश्वकपको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु


मंसिर २४, दोहा । कतारमा विश्वकपको समाचार कभर गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ। ४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए।

उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ। गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।

यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई “हृदयविदारक“ भनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?