सिड्नीका समुद्रमा मानिसको ज्यान बचाउन स्मार्ट टेक्नोलोजी प्रयोग हुने


मंसिर २४, काठमाडौँ । सिड्नीको समुद्रमा मानिसहरूको डुबेर मृत्यु नहोस् भन्ने उद्देश्यले नयाँ स्मार्ट टेक्नोलोजी प्रयोग हुने भएको छ। गत वर्ष धेरै मानिसहरूको मृत्यु भएपछि यस वर्षको गर्मी माैसमदेखि मानिसको ज्यान जोगाउन स्मार्ट टेक्नोलोजी प्रयोग गरिने भएको हो।

लाइफगार्डहरूसँग अब पौडी खेल्नेहरूलाई सुरक्षित राख्नको लागि प्रस्तुत गरिएको नयाँ प्रविधि हुनेछ। जसलाई ‘स्मार्ट बिच’ कार्यक्रम अन्तर्गत लागु गरिनेछ।

‘स्रोतसाधनहरू कम छन्। यदि हामीले हाम्रा स्रोतहरू राम्रोसँग व्यवस्थापन गर्न सक्याैँ हामी अष्ट्रेलियाको परम्पराको रूपमा समुद्र तटमा जाने मानिसहरूका लागि राम्रो नतिजा पाउनेछौं।’ डिजिटल गभर्मेन्ट मन्त्री भिक्टर डोमिनेलोले भनेका छन्।

अब सिड्नीका सर्फ उद्धार बोर्ड, बोयहरू र झण्डाहरूमा जीपीएस उपकरणहरू र स्मार्ट क्यामेराहरू जडान गरिनेछन्। यसको उद्देश्य लाइफगार्डहरूलाई समुद्र तटको अवस्थाहरूमा सर्फको आकारमा भीड संख्या सहित सही डाटा सङ्कलन गर्न मद्दत गर्नु भएको बताइएको छ।

फ्रेशवाटर, शेली, साउथ स्टेने र डी व्हाय बिचमा सफल परीक्षण पछि, कार्यक्रम अब र्यान्डविक, सदरल्याण्ड, वोलोङगोङ, सेन्ट्रल कोस्ट र न्यूकासलमा विस्तार भइरहेको छ।

गत वर्ष अष्ट्रेलियाका विभिन्न समुद्री तटमा १४१ जनाको डुबेर मृत्यु भएको थियो। त्यसमध्ये ८८ जनाको न्यु साउथ वेल्समा नै मृत्यु भएको थियो। विज्ञहरूले यो प्रविधिले लाइफगार्डहरूलाई मृत्युको संख्या घटाउन मद्दत गर्न थप सूचित निर्णयहरू गर्न मद्दत गर्नेछ विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?