पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश


मंसिर २४, काठमाडौँ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । विश्वकप क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

मोरक्कोको जितमा पहिलो हाफको ४२औं मिनेटमा योउसेफ एन नेसयिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

पहिलो हाफमा बेन्चमै रहेका पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदानमा उत्रिएका थिए। दोस्रो हाफमा पोर्चुगलले मोरोक्कोलाई दबाबमा राखे पनि गोल गर्न सकेन।

मोरक्कोसँग पराजित भएसँगै पोर्चुगल कतार विश्वकपबाट बाहिरिएको हो । जितसँगै मोरोक्को भने सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोलिको इतिहास बनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?