जबर्जस्ती करणी अभियोगमा विक पक्राउ
मंसिर २५, गुल्मी । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।