अस्ट्रेलियामा हुनुहुन्छ भने सावधान रहनु होला, तपाई पनि ठगिन सक्नुहुनेछ !


Hacker attacking internet

मंसिर  २६, काठमाडौँ । क्रिसमस र नयाँ वर्ष नजिकिएसँगै अनलाइनमा उपभोक्ता ठगिने क्रम बढेको विशेषज्ञहरूले बताएका छन्। इस्क्यापवाचको रिपोर्टका अनुसार गत वर्ष मात्र अस्ट्रेलियामा उपभोक्ताबाट १ करोड ४० लाखभन्दा बढी अस्ट्रेलियन डलर ठगी भएको छ। 

क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा अनलाइनमार्फत उपभोक्ता ठगीका काम झन् बढ्ने हुनाले आम नागरिकलाई सतर्क रहन सुझाव जारी गरिएको छ। 

तपाईँले एकदम सस्तोमा सामान पाउनुहुनेछ, हाम्रोबाट सामान किन्नुहोस् लगायत केही चर्चित सपिङ साइटहरूको दुरुपयोग भएर ठगीमा परिन्छ। गत जुलाई यता मात्र अस्ट्रेलियाको आमसञ्चार अधिकारीहरूले ४ करोड ८० म्यासेजहरू उपभोक्तासम्म पुग्न नदिनको लागी ब्लक गरेका छन्। 

पछिल्लो तीन महिनायता एमजेनको वेभ प्रयोग गरेर ठग्ने काम बढेको भन्दै उपभोक्तालाई सतर्क रहन आग्रह गरेका छन्।इस्क्यापकर्ताहरुले एमजेनका कामदारको डाटा प्रयोग गरी उपभोक्तालाई ठगेका खुलेको हो। क्रिसमस र नयाँ वर्षको उपलक्ष्माआमनागरिकहरुले औसत भन्दा धेरै सपिङ गर्ने गर्दछन् र यसको फाइदा उठाउँदै इस्क्याप हुने खतरा उच्च छ। 

अस्ट्रेलिया सरकारले इस्क्यापको शंका लागेको म्यासेज र इमेलमा क्लिक नर्गन आग्रह गरेको छ। आफ्नो पासवर्डहरू सजिलो नराख्न, अनलाइन माध्यमबाट सुरक्षाका उपाय अपनाउन र पैसा तिर्दा जहिले पनि वैधानिक रूपमा बैङ्किङ माध्यमबाट नै पैसा तिर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?