नेयमारले लेखे ब्राजिलका पूर्वप्रशिक्षकलाई खुला पत्र


मंसिर २७, एजेन्सी। ब्राजिलका कप्तान नेयमारले पूर्वप्रशिक्षक टिटेलाई पत्र लेखेका छन्। नेयमारले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत टिटेलाई लेखेको पत्र सार्वजनिक गरेका हुन्।

विश्वकप २०२२ को उपाधि दाबेदार मानिएक ब्राजिल क्वार्टर फाइनलबाट नै घर फर्किएको छ। अन्तिम ८ को खेलमा साविक उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै ब्राजिल घर फर्किएको छ।

उक्त खेलको अतिरिक्त समयको थप गरिएको समयमा गोल गरेका थिए। तर, क्रोएसियामा फरवार्ड पेटकोभिचले अन्तिम समयमा गोल फर्काएका थिए। सोही गोलले ब्राजिललाई घर फर्कायो।

नेयमारले टिटेलाई लेखेको पत्रमा उनि अहिलेसम्म कै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन्।

‘हामीले व्यक्तिगत रूपमा भेट्नु अघि हामी धेरै पटक एक अर्का विरुद्ध खेल्यौं र मलाई लाग्यो कि तपाईं धेरै कष्टप्रद हुनुहुन्छ। किनकि तपाईंले मलाई हराउन सबै प्रयास गर्नुभयो।’ नेयमारले भनेका छन्। ‘मैले तपाईलाई प्रशिक्षकको रूपमा चिनेको थिएँ र थाहा थियो कि तपाई धेरै राम्रो हुनुहुन्छ, तर एक व्यक्तिको रूपमा तपाई महान हुनुहुन्छ! तपाईलाई थाहा छ म को हुँ र यो मेरो लागि महत्त्वपूर्ण छ।’

‘म तपाईंलाई सबै कुराको लागि खुलेर धन्यवाद दिन चाहन्छु। तपाईंले हामीलाई दिनुभएको सबै शिक्षाहरू महत्वपूर्ण थिए। तपाईं अहिलेसम्म मसँग भएको वा हुने उत्कृष्ट प्रशिक्षकहरू मध्ये एक हुनुहुनेछ।’ नेयमारले लेखेका छन्।

उनले टिटे र ब्राजिलको टोली कतारमा ‘विजयको हकदार’ रहेको बताएका छन्। ‘हामीले गरेका सबै कामका लागि र हाम्रो सबैभन्दा ठूलो सपना पूरा गर्ने प्रयासका लागि हामी सबै यसको हकदार थियौं। तर भगवानले त्यसरी चाहनुभएन।’ उनले लेखेका छन्।

ब्राजिल समुह चरणमा राम्रो प्रदर्शन गर्दै विश्वकपको प्लेअफमा पुगेको थियो। अन्तिक १६ को खेलमा कोरियामाथि ४–१ गोलको शानदार जित निकालेको ब्राजिलको यात्रामा क्रोएसिया बाधक बन्यो।

पाँच पटकको ब्राजिल लगातार दोश्रो पटक विश्वकपको क्वार्टर फाइनलबाट घर फर्किएको छ। २०१८ को विश्वकपको क्वाटर फाइनलमा बेल्जियमसँग पराजित हुँदै घर फर्किएको थियो।

ब्राजिल पराजित भएर घर फर्किएसँगै मुख्य प्रशिक्षक टिटेले पदबाट राजिनामा दिइसकेका छन्। उनको प्रशिक्षकत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?