क्विन्सल्याण्ड झडप काण्ड : मृतक प्रहरीको सम्मानका लागि सिड्नी ओपेरा हाउसमा निलो बत्ती बालिने
मंसिर २८, काठमाडौँ । सिड्नी ओपेरा हाउसमा आज राती निलो रंगको बत्ति बालिने भएको छ। क्विन्सल्याण्डको वाइम्बिलामा भएको गोली हानाहानमा मृत्यु भएका २ प्रहरी जवानको सम्मानका लागि निलो रंगको बत्ति बालिने भएको हो।
न्यु साउथ वेल्स प्रहरीको अनुरोध अनुसार बेपत्ता व्यक्तिको खोजी गर्न गएका पुलिस अफिसर कन्स्टेबल म्याथ्यू अर्नोल्ड र कन्स्टेबल रेचेल म्याक्रोको झडपमा परी मृत्यु भएको थियो।
न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेटले ओपेरा हाउसको पालहरू उनीहरूको सम्झनामा नीलो हुने बताएका छन्।
मंगलबार बिहान भएको झडपमा २ प्रहरी अफिसर सहित ६ जनाको मृत्यु भएको थियो। उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ।