प्रतिनिधिसभाभन्दा प्रदेशमा महिला सांसद धेरै


मंसिर २८, काठमाडौँ । प्रतिनिधिसभाभन्दा प्रदेश सभामा महिला सांसद संख्या धेरै देखिएको छ। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभा भन्दा प्रदेश सभामा महिला सांसदको संख्या धेरै देखिएको हो।

प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएका छन्।

आयोगले प्रतिनिधि सभातर्फको अन्तिम परिणाम भोलि राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ भने प्रदेश सभाको अन्तिम परिणाम यही पुस २ गते प्रदेश प्रमुखसमक्ष पेस गर्ने भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?