अष्ट्रेलियाकी सबैभन्दा धनी व्यक्तिले दिइन् १० कर्मचारीलाई क्रिसमस उपहारस्वरूप १ लाख डलर


मंसिर २९, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाकी सबैभन्दा धनी व्यक्तिले क्रिसमसको उपहार स्वरूप कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १ लाख डलर बाँडेकी छिन्। उनले क्रिसमस बोनसस्वरूप उक्त रकम बाँडेकी हुन्।

फोर्ब्सको रिपोर्ट अनुसार जिना राइनहर्ट अष्ट्रेलियाकी सबैभन्दा धनी व्यक्ति हुन्। उनको खानी तथा खनिज उत्खनन् गर्ने कम्पनी रोय हिल रहेको छ। त्यहीँका कर्मचारीले क्रिसमक बोनस प्राप्त गरेका हुन्।

उनले गोला प्रथाबाट १० जना कर्मचारीहरूको नाम छानेर उक्त रकम दिएको बताइएको छ। पर्थमा जन्मिएकी राइनहर्टको कुल सम्पत्ति ३२.६ बिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ। नोभेम्बरमा डोनाल्ड ट्रम्पको राष्ट्रपतिको घोषणामा देखा परेपछि उनी पछिल्ला हप्तामा आकर्षणको केन्द्र बनेकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?