त्रिकोणात्मक प्रेम सम्बन्धले लियो क्विन्सल्याण्डमा २ प्रहरी सहित ६ जनाको ज्यान


मंसिर २९, काठमाडौँ । क्वीन्सल्याण्डको ग्रामीण क्षेत्रमा दुई प्रहरी अधिकारी र एक छिमेकीलाई गोली हानी हत्या गर्ने दुई दाजुभाइ र एक महिलाबीच त्रिकोणात्मक प्रेम सम्बन्ध रहेको खुलेको छ।

ग्यारेथकी श्रीमती स्टेसीसँगै नथानिएल र ग्यारेथ ट्रेनलाई पनि गोली हानी मारिएको थियो। सोमबार वाइम्बिलामा भएको झडपमा तीन व्यक्तिले अफिसर रेचेल म्याक्रो र म्याथ्यू अर्नोल्ड र उनीहरूको छिमेकी एलन डेरको हत्या गरेका थिए।

अहिले ट्रेन परिवारका तीन सदस्यहरूको बारेमा थप जानकारी सार्वजनिक भएको छ। सेभेन न्युजका अनुसार नथानियल ट्रेन र स्टेसी अध्ययनको क्रममा नै प्रेम सम्बन्धमा रहेका थिए।

नीहरू आफ्नो क्यारियरको प्रारम्भमा भेटेका थिए। उनीहरू शिक्षण पेशामा समेत संलग्न थिए। नथानियल ट्रेनले धेरै प्राथमिक विद्यालयको मुख्य भूमिकाहरू लिए र स्टेसी गत वर्षसम्म तारा शायर स्टेट कलेजमा पाठ्यक्रमको प्रमुख भएर काम गरिन्।

यो जोडीले विवाह गरेको बताइएको छ। उनीहरूको सम्बन्ध टुटे पछि स्टेसीले ग्यारेथ ट्रेनसँग सम्बन्ध सुरु गरि। यो जोडीले पनि विवाह गरेको अनुमान गरिएको छ।

उनीहरू वाइम्बिलाको घरमा सँगै बसेका थिए जहाँ घातक गोलीबारी भएको थियो। ग्यारेथले पनि ग्राउन्डकीपर र शिक्षकहरूको सहयोगी भएर शिक्षा क्षेत्रमा काम गरेका थिए।

ग्यारेथ, नथानियल र स्टेसी ट्रेन क्वीन्सल्याण्ड शिक्षा विभागका पूर्व कर्मचारी भएको शिक्षा विभागका प्रवक्ताले जानकारी दिएका छन्। ग्यारेथ ट्रेनले मे २०१६ मा, नथानियल ट्रेनले मार्च २०२० मा र स्टेसी ट्रेनले डिसेम्बर २०२१ मा विभागबाट राजीनामा दिएको उनले बताएका छन्।

योर्केस नोब स्टेट स्कूलको प्रिन्सिपलको रूपमा आफ्नो भूमिका छोडेपछि नथानियल ट्रेन वाल्गेट कम्युनिटी कलेज प्राइमरी स्कूलको प्रिन्सिपल बन्न न्यू साउथ वेल्स गए। उनी एक समर्पित शिक्षक भएको प्रमाण पाइएको बताइएको छ।

४६ वर्षीय ट्रेनलाई हृदयघात भएका कारण बिरामी बिदामा गएको बताइएको छ। योर्केस नोब स्टेट स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकले ट्रेनको प्रशंसा गरेका छन्।

नथानिएल ट्रेनलाई उसको प्रस्थान गर्नु अघि वाल्गेटमा कठिनाइ भएको देखिएको थियो। उक्त स्कुलमा NAPLAN चोरी भएको अनुमान गरिएको छ। उनले विद्यालयमा भएको कामबारे जानकारी दिँदै न्यु साउथ वेल्स वान नेसन एमएलएस मार्क लथामलाई उजुरी सहित इमेल पनि गरेका थिए।

चार क्वीन्सल्याण्ड पुलिस अधिकारीहरू डुब्बोबाट हराएको रिपोर्ट गरिएको ट्रेन खोज्न जाँदा उनी खतरना हुने भन्दै प्रहरीले उक्त रिपोर्ट खारेज गरेको थियो। त्यसपछि क्विन्सल्याण्ड पुगेका उनले त्यहाँ ठूलो झडप मच्चाएका थिए। जसमा २ प्रहरीसहित ६ जनाले ज्यान गुमाए।

अहिले यस घटनाबारे अनुसन्धान भइरहेको क्विन्सल्याण्ड प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?